नयाँ दिल्ली, पुस २७ :

इन्डियन आइडल विजेता तथा चर्चित गायक–अभिनेता प्रशान्त तामाङको निधन भएको छ । नयाँ दिल्लीस्थित आफ्नै निवासमा रहँदा हृदयघात भएपछि उनलाई द्वारकास्थित एक अस्पताल पुर्‍याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको बताइएको छ । उनी ४२ वर्षका थिए ।

प्रशान्त तामाङ इन्डियन आइडल जितेपछि नेपालमा पनि अत्यन्त लोकप्रिय बनेका थिए । उनले गाएका थुप्रै नेपाली गीतहरू दर्शक–श्रोतामाझ चर्चित छन् । गायनसँगै अभिनयमा पनि सक्रिय तामाङले सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ मार्फत बलिउडमा डेब्यू गरेका थिए ।प्रशान्त तामाङको निधनको खबरले नेपाली तथा भारतीय संगीत क्षेत्र शोकमा डुबेको छ ।