शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की #पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की
राजनीति

एकता दिवसले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २७ पुस, २०८२ मा प्रकाशित
एकता दिवसले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी
फाइल तस्बिर ।
काठमाडौं, पुस २७ :

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसले हाम्रो देशभक्तिको भावना अझ सबल बनाई सामाजिक सद्भाव, सहिष्णुता तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउने बताएकी छन् । ३०४औँ पृथ्वीजन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उनले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै यस्तो बताएकी हुन् ।

‘कलह, झगडा र अस्थिरताले थलिएर विकास गर्न नसकेका स–साना राज्यको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको निर्माण हुनु हाम्रो इतिहासको गौरवपूर्ण अध्याय हो’, उनले भनिन्, ‘नागरिकको सल्लाह तथा सुझाव लिएर एकीकरण प्रक्रियालाई जनआधारित राष्ट्रिय अभियान बनाउने पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्व एवं हाम्रा वीर पुर्खाको त्याग र बलिदानका कारण नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व सुरक्षित रहन सकेको ऐतिहासिक सत्य हामीले आत्मसात गर्नुपर्दछ ।’

पूर्वराष्ट्रपति भण्डारीले ऐतिहासिक एकीकरणले तयार गरेका आधारभूमिमा उभिएर हामी आजको सार्वभौम, स्वतन्त्र, लोकतान्त्रिक गणतन्त्र नेपालसम्म आइपुगेका बताइन् । ‘हामीले हाम्रो पवित्र भूमि, इतिहास र संस्कृतिप्रति गौरव गर्दै पूर्वजप्रति कृतज्ञ हुनुपर्दछ । इतिहासका सकारात्मक शिक्षाबाट आजको पुस्ताले मार्गदर्शन लिन सक्नु सभ्य समाजको पहिचान हो’, उनले भनिन्।

पृथ्वीनारायण शाहका दिव्य उपदेशहरू राष्ट्रिय, आत्मनिर्भर र स्वावलम्बी अर्थतन्त्र एवं सन्तुलित परराष्ट्र नीतिका सन्दर्भमा आज पनि उत्तिकै सान्दर्भिक रहेका उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार