सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा #मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा
राजनीति

समानुपातिकको बन्दसूचीबाट नाम हटाउन उम्मेदवारले दिए आयोगमा निवेदन

जनमतका मात्रै २० जना
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २८ पुस, २०८२ मा प्रकाशित
समानुपातिकको बन्दसूचीबाट नाम हटाउन उम्मेदवारले दिए आयोगमा निवेदन
काठमाडौं, पुस २८ :

समानुपातिकको बन्दसूचीबाट नाम हटाउन केही उम्मेदवारले निर्वाचन आयोगमा निवेदन दिएका छन् । समानुपातिकको उम्मेदवार बन्न नचाहेकाहरुले नाम फिर्ताका लागि आज आयोगमा निवेदन दिएका हुन् । 

समानुपातिकको बन्दसूचीमा नाम रहेका ५० जनाले उम्मेदवारी फिर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् । उम्मेदवारी फिर्ताका लागि निवेदन दिनेमा जनमत पार्टी धेरै रहेका छन् ।

त्यस पार्टीले बुझाएको  ११० जना मध्ये २० जनाले फिर्ता गर्न निवेदन दिएका छन् ।आयोगले नाम फिर्ता गर्न चाहनेका लागि आज अपराह्नसम्मको समय तय गरेको थियो ।उम्मेदवार स्वयमले उम्मेदवारी फिर्ता लिन आयोगमा उपस्थित भएर निवेदन दिएका हुन् ।

राजनीतिक दलहरूले यही पुस १३ र १४ गते निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची बुझाएका थिए । प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गतेका लागि तय भएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार