
काठमाडौं, माघ २ :
सरकारले पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा सहकारी बेथिति छानबिन आयोग गठन गरेको छ ।
आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सहकारीमा भएको बेथिति छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश शर्माको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
यस्तै बैठकले नेपालमा मानव तथा बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि विश्व वातावरण सुविधाबाट विश्ववन्यजन्तु कोषबाट प्राप्त हुने ३६ लाख २१ हजार ९ सय ८३ अमेरिकी डलरबराबरको अनुदान सहायता स्वीकार गर्ने पनि निर्णय गरेको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्ष पदमा महोम्मद सफीउल्लाह (रौतहट) लाई नियुक्त गर्ने निर्णय पनि भएको प्रवक्ता खरेलले जानकारी दिए ।