काठमाडौं, माघ ६ :
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिएसँगै उम्मेदवारी दर्ता गरेका छन् । आज बिहान मात्रै प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीना पेस गरेका पुनले म्याग्दीबाट प्रतिनिधिसभास सदस्यमा उम्मेदवारी दिर्ता गराएका छन् ।
पुनसँगै वर्तमान सरकारका चार मन्त्री राजीनामा दिएर चुनावमा उठेका छन् । कुलमान घिसिङ्, जगदीश खरेल र बब्लु गुप्ता राजीनामा दिएर चुनावमा उठेका छन् । कुलमान उज्यालो पार्टीबाट काठमाडौं ३ बाट उठेका छन् ।खरेल रास्वपाबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर २ र गुप्ता सिराहा १ बाट चुनाव लड्दैछन् ।