शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

प्रचण्ड भन्छन्- एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्छ, तत्काल पार्टी एकता हुँदैन

एमालेसँग राजनीतिक दृष्टिकोण र कार्यशैलीमा भिन्नता
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५८ मिनेट अगाडि प्रकाशित
प्रचण्ड भन्छन्- एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्छ, तत्काल पार्टी एकता हुँदैन
फाइल तस्बिर ।
काठमाडौं, कात्तिक ७ :

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका लागि सहकार्य हुनसक्ने भए पनि तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन्।

शनिबार पेरिसडाँडामा आयोजित पार्टी जागरण अभियानको शुभारम्भ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा रहेको बताए। उनले एमालेसँग राजनीतिक दृष्टिकोण र कार्यशैलीमा भिन्नता रहेको उल्लेख गर्दै पार्टी एकताका लागि इतिहास, पृष्ठभूमि र वैचारिक भिन्नताबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए।

माओवादी केन्द्र, एकीकृत समाजवादीसहित २६ वटा कम्युनिस्ट घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको उल्लेख गर्दै उनले यो विघटन नभई रूपान्तरण भएको दाबी गरे। कम्युनिस्ट आन्दोलन कमजोर हुन्छ भन्ने भाष्य पुरानै भएको भन्दै उनले आफ्नो पार्टी लक्ष्य र काममा केन्द्रित भएर अघि बढ्ने बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार