
काठमाडाैं, माघ ६ :
जेन जी सरकारका मन्त्रीहरुले पदबाट भटाभट राजनीमा दिएपछि रिक्त भएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने भएकी छन् ।
प्रधानमन्त्रीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएकाले उनीहरुले सम्हाल्दै आएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
जेन जी आन्दोलन पश्चात शुशिला कार्की नेतृत्वमा गठन भएको सरकारका केही मन्त्रीहरुले पदबाट राजिनामा दिएर आगामी प्रतिनीधिसभा सदस्य निर्वाचनमा उमेद्वारी दिँदै छन् ।