काठमाडौं, माघ ६ :

काठमाडौं क्षेत्र नं- ४ मा नेपाली कांग्रेसबाट सचिन तिमिल्सिनाले उम्मेदवारी दर्ता गराउँदै छन् । 

नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले सभापति गगनकुमार थापा निर्वाचित हुँदै आएको क्षेत्रमा तिमल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।  थापा यसपटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै सर्लाही- ४ बाट उम्मेदवार हुने भएका छन्।