झापा, माघ ६ :

नेकपा एमालेका केपी शर्मा ओलीले  एमालेलाई नजिस्क्याउन चेतावनी दिएका छन्। 

प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेपछि ओलीले यस्तो चेतावनी दिएका हुन् । ओलीले आफूले निर्वाचनमा स्वच्छ, शान्तिपूर्ण र धाँधलीरहित प्रक्रिया चाहेको भए पनि अझै शंका व्यक्त गरे।

मनोनयन दर्ताका क्रममा रास्वपा र एमाले कार्यकर्ताबीच सामान्य झडप समेत भएको थियो। सोही क्षेत्रबाट निर्वाचित हुँदै ओली पटकपटक प्रधानमन्त्री बनिसकेका छन् ।