काठमाडौं, माघ ८ :
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी बैठक शुक्रबार दिनको १ बजे पार्टी केन्द्रीय कार्यालय बिपीस्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिएका छन् ।
कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिनका लागि पार्टीका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
बडादसैं सकियो : सरकारी कार्यालयहरु खुलेसँगै काठमाडौंमा चहलपहल बढ्यो
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान : बुधबारदेखि शुक्रबारसम्म वर्षा र हिमपातको सम्भावना