सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

नवनिर्वाचित सभापति गगन थापाद्वारा पदवहाली

सानेपामा नेताकार्यकर्ताले भव्यरुपमा स्वागत गरेका थिए ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ९ माघ, २०८२ मा प्रकाशित
नवनिर्वाचित सभापति गगन थापाद्वारा  पदवहाली
ललितपुर, माघ ९ :

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट हालै निर्वाचित सभापति गगनकुमार थापाले आज पदवहाली गरेका छन् । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे सभापति थापालगायत सबै पदाधिकारी र केन्द्रीय सदस्यहरुले पदवहाली गरेको पार्टी कार्यालयले जनाएको छ ।  पदवहालीका क्रममा पार्टी केन्द्रीय कार्यालय सानेपामा नेताकार्यकर्ताको उल्लेख्य भिड लागेको थियो ।

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ ।  बैठकमा आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरुको उपस्थिति रहेको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार