सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय#उपसभापति विश्वप्रकाश शर्मा#झलनाथ खनाल#नेकपाबाट बाहिरिए#महामन्त्री विपिन आचार्य#प्रधान सेनापति#अशोकराज सिग्देल#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा #जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय#उपसभापति विश्वप्रकाश शर्मा#झलनाथ खनाल#नेकपाबाट बाहिरिए#महामन्त्री विपिन आचार्य#प्रधान सेनापति#अशोकराज सिग्देल#डिला संग्रौला#महामन्त्री#उम्मेदवारी घोषणा
समाचार

मृतक दुई जनाको पहिचान खुल्यो

· सोमबार, १२ माघ, २०८२ मा प्रकाशित
मृतक दुई जनाको  पहिचान खुल्यो
संखुवासभा, माघ १२ :

सङ्खुवासभाको चैनपुर नगरपालिका–२ नुनढाकीमा जिप दुर्घटना हुदाँ एक जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

चैनपुर–२ नुनढाकीस्थित चैनपुर नुनढाकी खण्डको भित्री सडकमा जिप दुर्घटना हुँदा चैनपुर–१ का ५९ वर्षीय वीरबहादुर लिम्बू र चैनपुर–१ का पैरेका अनिष थक्लुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए ।

आइतबार साँझ ५ः३० बजे  चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप चैनपुर–१ स्थित नुनढाकी नजिकै दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका थिए । जिप दुर्घटनामा परेर चैनपुर–१ सिङरिङ बस्ने ३४ वर्षीय निमदोर्जी शेर्पा, ९ वर्षीय बालक पेम्बा शेर्पा, चैनपुर मैदानेका ४५ वर्षीय भीमबहादुर थुलुङ र पाँचथरको फिदिम नगरपालिका–४ का २८ वर्षीय दीपेश माझी रहेको नायब प्रहरी उपरीक्षक  मैनालीले बताए ।

गम्भीर घाइते चैनपुर–१ सिङरिङ्का निमदोर्चि, भीम बहादुर र पाँचथरको फिदिमका  दीपेशलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।  

घटनालगत्तै सशस्त्र प्रहरी नं ४ गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेल, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पर्शुराम राई सहितको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार