बाँके, माघ १२ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थलनसँगैको सडकमा गाडीबाट खस्दा ५ जना घाइते भए छन् ।

बालेन नेपालगञ्ज जाने क्रममा उनका समर्थकहरू विमानस्थल पुगेका थिए । समर्थकको गाडीमा चढेका केही व्यक्ति गाडीको पछाडिको ढालाबाट खसेका हुन् ।विमानस्थलभित्रैको सडक भएकाले गाडी स्पिडमा नभएको र खस्नेहरु सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावमा बालेन रास्वपाबाट भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सरेका बालेन चुनावी प्रचार-प्रसारका लागि पूर्वी भ्रमण सकाएर पश्चिततर्फ लागेका छन् ।