सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा #मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा
राजनीति

निर्वाचन आयोगले सोध्यो काठमाडौं महानगरलाई स्पष्टीकरण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० माघ, २०८२ मा प्रकाशित
निर्वाचन आयोगले सोध्यो काठमाडौं महानगरलाई स्पष्टीकरण
काठमाडौं, माघ २० :

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ । 

निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा महानगरपालिकाले वृद्धवृद्धा नागरिकलाई घर घरमा गई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको भन्ने विषयमा आयोगले महानगरपालिकालाई पत्र लेखेको हो ।

कार्यबाहक नगरप्रमुख सुनीता डंगोलले सुरु गरेको भनिएको कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा परेको कार्यक्रम हो वा होइन ? भनेर आयोगले महानगरपालिकालाई जवाफ सहित दुई दिनभित्र कागजात पेस गर्न भनेको छ ।

निर्वाचन आचारसंहिता २०८२ को दफा ५ को खण्ड (क) को उपखण्ड (ग) मा ‘वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भए बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रम घोषणा गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था छ । मतदातालाई प्रभावित पार्ने उदेश्यले यस्ता कार्यक्रम गरिएको भन्दै आयोगमा उजुरी परेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार