आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २२ माघ, २०८२ मा प्रकाशित
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौं, माघ २२ :

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका पिता भोजप्रसाद भट्टराईको आज बिहान ९७ वर्षको उमेरमा काठमाडौँस्थित न्यूरो अस्पताल बाँसबारीमा निधन भएको भट्टराईकी छोरी मानुषी यमी भट्टराईले जानकारी दिइन् ।

उनले भनिन्, ‘हजुरबुवा ९६ वर्ष पूरा भई ९७ वर्षमा प्रवेश गर्नुभएको थियो । उहाँको आज बिहान स्वर्गारोहण भएको छ ।’ भट्टराईको शव  विद्युतीय शव गृहमा लगेर अन्त्येष्टि गरिएको छ ।  स्वर्गीय भट्टराईका दुई छोरा र दुई छोरी छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार