शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
समाचार

मेडिकल व्यवसायी दुर्गा प्रसाईं मध्यरातमा पक्राउ

सार्वजनिक शान्तिमा खलल पुर्‍याएको कसुरमा मुद्दा चलाइने । यो कसुरमा बढीमा २५ दिनसम्म प्रहरी हिरासतमा बस्नेछन् ।
· मंगलबार, ५ फागुन, २०८२ मा प्रकाशित
मेडिकल व्यवसायी दुर्गा प्रसाईं मध्यरातमा पक्राउ
काठमाडौं, फागुन ५ :

सार्वजनिक शान्तिमा खलल पुर्‍याएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भक्तपुरस्थित आफ्नै निवासबाट गए राती  पक्राउ गरिएको छ ।  

उनलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याएको कसुरमा मुद्दा चलाइने भएको छ । यो कसुरमा बढीमा २५ दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने कानूनी व्यवस्था रहेको छ ।

निर्वाचन आयोगले गरेको पत्राचारका आधारमा उनलाई  पक्राउ गरिएको काठमाडौँका जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभयो । प्रसाईका गतिविधिहरु तथा अभिव्यक्तिबाट सार्वजनिक शान्तिमा असर गरेको भनी निर्वाचन आयोगले जिल्ला प्रहरी परिसर भद्रकालीलाई पत्र लेखेको थियो । उनलाई  बाहिर राख्नु सार्वजनिक शान्तिमाथि ठूलो चुनौती हुने आयोगको ठहर भए बमोजिम गएराति नै पक्राउ गरिएको हो ।

प्रसाईंलाई हिरासतमा राख्नका लागि आज नै म्याद थपका लागि जिल्ला अदालतमा पेश गरिदैछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार