शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
समाचार

भाउन्नेमा पोलेको मकैको व्यापार फस्टाउँदै

राजमार्गमा यात्रा गर्नेहरूका लागि खाजा खाने नयाँ गन्तव्य
· मंगलबार, ५ फागुन, २०८२ मा प्रकाशित
भाउन्नेमा पोलेको मकैको व्यापार फस्टाउँदै
मोरङ, फागुन ५ :

बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम राजमार्गको बेलबारी–१० स्थित भाउन्ने चोक नजिकै मकै पोलेर बिक्री आएकी छन् ।

मकै पोलेरै जीविका चलाउँदै आउनुभएकी उनलाई सो काममा श्रीमान् र छोरीको साथ छ । उनका अनुसार रु २५ प्रतिघोगा किनेको हरिया मकै पोलेपछि प्रतिघोगा रु ५० मा बिक्री भइरहेको छ । उनीसँगै मकै पोल्नुहुने कानेपोखरी–५ की दुर्गामाया तामाङ भन्छन्, “व्यापारको टुङ्गो त हुँदैन, तर औसतमा दैनिक रु एक हजारदेखि एक हजार ५०० सम्म आम्दानी हुन्छ । पछिल्ला केही वर्षयता भाउन्नेमा पोलेको मकैको व्यापार फस्टाउँदो छ ।”

बेलबारी–१० भाउन्नेका रमेश कुँवरले पनिं सोही स्थानमा मकै पोलेर बिक्री गर्दै आएका छन् । घरमै होटल व्यवसाय सञ्चालन गरेका कुँवरले कोरोनाका कारण व्यवसाय ठप्प भएपछि मकै पोलेर बेच्न थालेको बताए । कुँवरका अनुसार राजमार्गमा यात्रारत अधिकांश सार्वजनिक यातायातले यहाँ रोकेका बेला यात्रीले पोलेको मकै किनेर खाने र निजी सवारीमा यात्रा गर्नेले पनि पोलेको मकै खानकै लागि आउने गरेका छन् ।

सुनसरीको इटहरी घर भएका अनिल सुब्बा उर्लाबारी पुुगेर फर्किएपछि परिवारसहित भाउन्नेमा गाडी रोकेर मकै पोल्न भन्नुुभयो । मकै खाँदै उनले, “यहाँको मकैको स्वादै बेग्लै, पोलेको मकै रुचाउनेका लागि यहाँ उचित मूल्यमा ताजा मकै खान पाइन्छ”, मकै पोलुञ्जेल थकाइ पनि मर्ने उनी बताउछन् । केही वर्षयता यस स्थानमा पोलेको मकै रूचाउनेको भीड नै लाग्ने गरेको छ । राजमार्गमा यात्रा गर्नेहरूका लागि खाजा खाने नयाँ गन्तव्यका रूपमा यो ठाउँ विकास भइरहेको छ ।

भाउन्ने चोक पूर्व चिसाङ खोला छेउसम्ममा २० भन्दा बढी स्थानीयले मकै पोल्ने पेसा गर्दै आएका छन् । पछिल्लो समय बेलबारीमा व्यावसायिक मकैखेतीप्रति किसानको आकर्षण बढ्दो छ । 

मकैले उचित मूल्य पाएपछि बाह्रै महिना हरिया मकै उत्पादनमा किसानले जोड दिन थालेका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार