सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश गण्डकी प्रदेश

निर्वाचनका लागि मौसमी अवस्था बुझ्न प्रधानमन्त्री कार्की मुस्ताङमा, हिमाली बस्तीको अवलोकन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ८ फागुन, २०८२ मा प्रकाशित
निर्वाचनका लागि मौसमी अवस्था बुझ्न प्रधानमन्त्री कार्की मुस्ताङमा, हिमाली बस्तीको अवलोकन
मुस्ताङ, फागुन ८ :

प्रधानमन्त्री सुशीला कार्की आज मुस्ताङ पुगेकी छन् । मौसमका कारण फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन हिमाली बस्तीमा प्रभावित हुन सक्ने चर्चा चलिरहँदा प्रधानमन्त्री कार्की सेनाको हेलिकोप्टरबाट मुस्ताङको हिमाली बस्तीको अवलोकन गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले मुस्ताङका सरकारी अधिकारीहरूसँग पनि चुनावका लागि भइरहेको तयारबारी जानकारी लिनुका साथै स्थानीय बासिन्दासँग समेत अन्तरक्रिया गरेकी छन् । प्रधानमन्त्री कार्कीले फागुन २१ मा एकै दिन एकैपटक चुनाव हुने बताउँदै आइरहेकी छन् ।

सो अवसरमा प्रधानमन्त्री कार्कीले मुक्तिनाथको समेत दर्शन गरिन् । त्यहाँ दर्शनार्थीहरुले प्रधानमन्त्री कार्कीसँग भलाकुसारी गर्नुकासाथै सामूहिक तस्बिर खिचाएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार