धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको व्यबस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ ।
काठमाडौंको सुन्धरास्थीत धरहरा क्षेत्रमा शुक्रबार बसेको नेपाल सरकार र काठमाडौं महानगरबीच भएको संयुक्त बैठकले धरहरा क्षेत्रमा निर्माण भएको संरचनाभित्र सवारी साधन पार्किङ सञ्चालनलाई थप प्रभावकारी बनाउने र यसका लागि महानगरले महानगर प्रहरी बललाई परिचालन गर्ने निर्णय गरेको हो ।
बैठकले धरहरा क्षेत्रको सञ्चालन गर्नको लागि तत्काल र दीर्घकालीन योजना, परियोजना सञ्चालन, प्रारूप सम्बन्धमा अध्ययन विश्लेषण गरी सुझावसहित पेस गर्न सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकाले तोकेका पदाधिकारीको संयुक्त समिति गठन गर्ने निर्णय गरेको छ भने धराहराको बाहिरी संरचनाका सम्बन्धमा आवश्यक र उपयुक्त कार्य गर्न काठमाडौँ महानगरलाई जिम्मा दिने निर्णय भएको काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन् । उनले समग्र धरहरा सञ्चालनका लागि पूर्ण रुपमा महानगरलाई हस्तान्तरण गर्न आग्रह गरिएको बताइन् ।
त्यस्तै सहरी बिकास मन्त्री प्राडा कुमार इङ्नामले सुन्धाराको बाहिर स्वरुपको व्यवस्थापन काठमाडौं महानगरले गर्नेगरी सहमति भएको बताए । यसको सम्पूर्ण आर्थिक दायित्व महानगरले लिने उनले बताए । उनले पाकिङ्ग र सुरक्षाको विषय महानगरले तत्कालै अघि बढाउने उल्लेख गरे ।
मन्त्री इङ्नामले महानगरको माग बमोजिम धरहराको पुरै व्यवस्थापन हस्तान्तरणका लागि समिति गठन गरिने र समितिले आवश्यक मोडालिटी तयार गर्ने जानकारी दिए । छलफलमा गृहमन्त्री ओम प्रकाश अर्याल लगाएत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
समाचार कक्षबाटै पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
चक्रवात ‘अर्नब’को प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपात
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिः मङ्सिर १ देखि सम्बन्धितको बयान
थप समाचार
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत भने- पक्राउ परेका सबै पत्रकारलाई छाडियो
स्वास्थ्य सेवा सुधारमा कागेश्वरी मनोहराको छलाङ, छैटौँबाट तेस्रो स्थानमा उक्लियो