शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

निर्वाचनमा खटिएका प्रहरीको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ८ फागुन, २०८२ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
प्रतीकात्मक तस्बिर ।
बैतडी, फागुन ८ :

प्रतिनिधिसभा निर्वाचनमा खटिएका एक जना नेपाल प्रहरीतर्फको निर्वाचन प्रहरीको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता सुरज सिंहले जानकारी दिए।

प्रहरी प्रवक्ता सिंहका अनुसार आज दिउँसो खाना खान घर गएको समयमा घरमा अचेत अवस्थामा  भेटिएका महादेवलाई उपचारका लागि  जिल्ला अस्पताल बैतडीमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । सदरमुकाम नजिक घर भएका निर्वाचन प्रहरी घरबाटै ड्युटी गर्न आउँछन् । ड्युटी सकेर खाना खान घर गएका बेला महादेव अचेत अवस्थामा भेटिएका र उपचारको लागि जिल्ला अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

उनको शव परीक्षणका जिल्ला अस्पतालमा रहेको र भोलिमात्रै परीक्षणको काम हुने अस्पताल प्रशासनले जानकारी दिएको छ । यसअघि माघ तेस्रो साता पनि दशरथचन्द नगरपालिका–४ का निर्वाचन प्रहरी ३२ वर्षीय प्रकाश चन्दको पनि भिरबाट लडेर ज्यान गएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार