शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
समाचार प्रदेश मधेस प्रदेश

रौतहटको गौर क्षेत्रमा कर्फ्यु आदेश जारी

दुई सम्प्रदायबीच भएका झडपका कारणअर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो । अवस्था तनावग्रस्त बनेपछि
· शनिबार, ९ फागुन, २०८२ मा प्रकाशित
रौतहटको गौर क्षेत्रमा कर्फ्यु आदेश जारी
रौतहट, फागुन ९ :

दुई सम्प्रदायबीच भएका झडपका कारण अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाको तोकिएको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

फागुन ९ गतेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो ।प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको निर्णयले सो आदेश जारी गरेको हो ।

जारी आदेशअनुसार कर्फ्यु अवधिभर तोकिएको क्षेत्रमा कसैले पनि आवतजावत गर्न, कुनै प्रकारको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने जनाइएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।

आदेश उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ । प्रशासन कार्यालयले पूर्वः मुडबलवा गेट, पश्चिमः लालबकैया बाँध, उत्तरः चम नहर र दक्षिणः गौर भन्सार कार्यालयसम्मबो क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

प्रशासनले जिल्लावासीलाई शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।

रौतहट उद्योग वाणिज्य संघले वर्तमान तनावपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै गौर क्षेत्रका सम्पूर्ण व्यापारिक प्रतिष्ठान बन्द गरी सुरक्षित रूपमा बस्न व्यवसायीहरूलाई जिल्ला प्रशासन कार्यालय रौतहटले अनुरोध गरेको जनाएका छन् ।

गौरमा जारी दंगाका कारण त्यहाँबाट सञ्चालन हुने सानो तथा लामो दूरीका सवारी साधनसमेत पूर्ण रूपमा ठप्प भएका छन्।

यातायात सेवा अवरुद्ध हुँदा यसको प्रत्यक्ष प्रभाव दैनिक यात्रुहरूका साथै विशेषगरी लोकसेवा परीक्षाका लागि जनकपुर जानुपर्ने विद्यार्थीहरूमा परेको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार