शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
समाचार प्रदेश कोसी प्रदेश

सुनसरीमा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप

प्रहरीको हस्तक्षेपपछि अहिले सो क्षेत्रको अवस्था सामान्य
· शनिबार, ९ फागुन, २०८२ मा प्रकाशित
सुनसरीमा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप
सुनसरी, फागुन ९ :

सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा चुनावी कार्यक्रमका क्रममा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताबीच झडप भएको छ।

कांग्रेसले आयोजना गरेको कार्यक्रम गर्न नदिने हल्ला फैलिएपछि कांग्रेस कार्यकर्ता आक्रोशित भएका थिए ।

सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा बाटोमा रास्वपाका कार्यकर्ताहरूसँग जम्काभेट भएको थियो।

सो क्रममा दुवै पक्षका युवाहरूबीच भनाभन भएको थियो । त्यसपछि केही बेरमै हातहालाहालमा परिणत भएको थियो । दुबै पक्षबीचको विवादले असामान्य रूप लिएपछि प्रहरीले लाठीचार्ज गरेर परिस्थिति शान्त पारिएको प्रहरीले जनाएको छ ।  

झडपमा संलग्न व्यक्तिहरू छिमेकी नै रहेको तर राजनीतिक आस्था फरक भएका कारण विवाद उत्पन्न भएको जानकारी दिए।

प्रहरीको हस्तक्षेपपछि अहिले सो क्षेत्रको अवस्था सामान्य रहेको छ ।   निर्वाचन सुरक्षा व्यवस्थालाई थप कडा पारिएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार