आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
समाचार राजनीति प्रदेश बागमती प्रदेश

बागमती प्रदेश सरकारले विपद्बाट खोज, उद्धार र प्रतिकार्यका लागि ६५ लाख पठाउने

· मंगलबार, १६ असोज, २०८१ मा प्रकाशित
बागमती प्रदेश सरकारले विपद्बाट खोज, उद्धार र प्रतिकार्यका लागि ६५ लाख पठाउने
हेटौँडा, असोज १६ :

यही असोज १० देखि परेको वर्षाका कारण बाढीपहिरोले वितण्डा मच्चाएपछि बागमती प्रदेश सरकारले विपद्बाट खोज, उद्धार र प्रतिकार्यका लागि ६५ लाख रुपैयाँ पठाउने निर्णय गरेको छ । 

बागमती प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको सोमबार बसेको बैठकले विपद्जन्य घटनामा खोज, उद्धार र प्रतिकार्य गर्नका लागि प्रदेशका १३ वटै जिल्लामा पाँच पाँच लाखका दरले रकम पठाउने निर्णय गरेको हो ।

विपद् प्रभावित भएकाको उद्धारका लागि सरकारी निकायसँग इन्धन खरिद गर्न आर्थिक समस्या भएको प्रदेशका कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताउनुभयो ।

विपद्को पूर्वसूचना आइसक्दा उद्धारमा खटिने सवारी साधन, सुरक्षा निकाय र अन्य जनशक्ति तथा उद्धार सामग्रीको व्यवस्थापन गर्नुपर्नेमा प्रदेश सरकारले नागरिकको जीउधनको रक्षा गर्न तदारुकता देखाइरहेको उहाँले उल्लेख गर्नुभयो ।

मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले आवश्यक जनशक्ति र पूर्वाधारको समस्याले प्रयास गर्दागर्दै विपद्को समयमा उद्धारमा सरकारको भूमिका कमजोर देखिएको स्वीकार्दै पूर्वतयारीका लागि विगतमा पनि बजेट र सुरक्षा निकायलाई उद्धार सामग्री उपलब्ध गराएको बताउनुभयो ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रदेशका विपद् प्रभावित जिल्लामा दुई करोडभन्दा बढी राहत रकम उपलब्ध गराउने निर्णय गरेको सचिव दर्जीले जानकारी दिनुभयो ।

कानुनमन्त्री लामिछानेको अध्यक्षतामा बसेको समितिको बैठकले १० असोजदेखि १४ गतेसम्म विपद्बाट प्रभावित भएका प्रदेशका १० जिल्लालाई दुई करोड ३० लाख राहत वितरण गर्ने प्रयोजनका लागि रकम उपलब्ध गराउने निर्णय गरेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार