
काठमाडौं, फागुन १५ :
काठमाडौं विश्वको तेस्रो प्रदूषित सहर बनेको छ । शुक्रबार दिउँसोको रेकर्डअनुसार काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) १५९ पुगेको छ । विशेषगरी धुवाँ-धुलोका कारण प्रदुषण बढेको जनाइएको छ । एक पटक राम्रोसँग पानी पर्यो भने पनि प्रदूषणको मापन केही कम हुने बताइएको छ ।
यो स्तर अस्वस्थ श्रेणीमा पर्छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिकका साथै श्वासप्रश्वास र मुटुरोगीलाई यो तहको प्रदूषणले बढी असर पार्न सक्ने जनाइएको छ । भियतनामको हनोई सहर सबैभन्दा बढी प्रदूषित देखिँदा पाकिस्तानको लाहोर विश्वको दोस्रो प्रदूषण सहर भएको छ ।