काठमाडौं, फागुन १७ :

पाकिस्तान आइसिसी टी–२० विश्वकपको सुपर आठबाट बाहिरिएको छ । कोलम्बोमा शनिबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा दुई सय १३ रन बनाएको थियो । 

दुई सय १४ रनको लक्ष्य पछ्याएको घरेलु टोली श्रीलङ्का निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय सात रन बनाएको थियो ।यदि पाकिस्तानले श्रीलङ्कालाई एक सय ४७ रनमा रोक्न सकेको भए उसको सेमिफाइनल यात्रा पक्का हुने थियो । सुपर आठको समूह–२ मा रहेको पाकिस्तान न्युजिल्यान्डसँग नेट रनरेटका आधारमा पनि परेको हो ।

यससँगै यस समूहबाट इङ्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको छ । समूह–१ बाट दक्षिण अफ्रिका अपराजित रहँदै सेमिफाइनलमा पुगिसकेको छ ।

अब साविक विजेता भारत र वेस्ट इन्डिजमध्ये एक टोलीले सेमिफाइनलमा स्थान बनाउने छ । भारत र वेस्ट इन्डिजबिचको खेल आज (आइतबार) राति हुने छ ।