सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा#अनुकूलन कोष#महत्त्वपूर्ण उपलब्धि #बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा#अनुकूलन कोष#महत्त्वपूर्ण उपलब्धि
राजनीति प्रदेश लुम्बिनी प्रदेश

रुपन्देही-२ मा कांग्रेसलाई राप्रपाको समर्थन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ फागुन, २०८२ मा प्रकाशित
रुपन्देही-२ मा कांग्रेसलाई राप्रपाको समर्थन
रुपन्देही, फागुन १७ :

राप्रपाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको छ। 

आफ्नो उम्मेदवार नरहेको अवस्थामा राप्रपाले रुपन्देही-२ मा चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने जनाएको हो।

राप्रपाका रुपन्देही क्षेत्र नम्बर २ का अध्यक्ष रामबहादुर थापाले आइतबार विज्ञप्ति जारी गर्दै रुपन्देही-२ मा प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवारलाई मत दिने आह्वान गरेका हुन् ।

विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘वर्तमान समयमा राप्रपा रुपन्देही क्षेत्र नम्बर २ को संगठनलाई एकत्रित गरी राख्न र हाम्रो मुद्दामा बहस र छलफलको सन्दर्भलाई समेत ध्यानमा राखेर राजनैतिक सहमतिको निरन्तरतासमेत रहने गरी यस क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार समाजसेवजी एवं उद्योगी चुन्नप्रसाद शर्मा पौडेललाई समर्थन गर्ने निर्णय भएको पार्टी पंक्ति र आम जनसमुदायमा जानकारी गराउँदछौं।’

यस क्षेत्रमा कांग्रेसबाट पौडेल, एमालेबाट बिष्णु पौडेल, रास्वपाबाट सुलभ खरेल, नेकपाबाट सुभाष (विश्वदीप) पाण्डेसहित ३९ जना उमेदवार प्रतिस्पर्धामा छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार