आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार स्वास्थ्य

बैतडीको महरागाउँमा इन्फ्लुएञ्जा बी को सङ्क्रमण

भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १० वर्षीय विकास महरा दाजुभाइको ज्या*न गएपछि स्वास्थ्यकर्मीको टोली महरागाउँ पुगेको थियो ।
सक्रिय न्युज · बुधबार, २० फागुन, २०८२ मा प्रकाशित
बैतडीको महरागाउँमा इन्फ्लुएञ्जा बी को सङ्क्रमण
बैतडी, फागुन २० :

बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ ।

जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो ।

भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १० वर्षीय विकास महरा दाजुभाइको ज्या*न गएपछि स्वास्थ्यकर्मीको टोली महरागाउँ पुगेको थियो ।

पुरर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरका अनुसार १० जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरी परीक्षण गरिएकामा मौसमी फ्लु‘इन्फ्लुएञ्जा बी’ भएको पुष्टि भएको हो । 

यो रोग सामान्य भए तापनि विशेषगरी बालबालिका र वृद्धमा छिटो सर्ने स्वास्थ्य शाखा प्रमुख कुँवरले बताए ।

पाँच वर्षमुनिका बालबालिका, गर्भवती तथा ६५ वर्षमाथिका दम, मुटु मधुमेह दीर्घरोगीले विशेष ख्याल गर्नुपर्ने उनले बताए । महरागाउँका एकैघरका दुई दाजुभाइको मृत्यु हुनुका साथै गाउँमा मौसमी ज्वरो ‘इन्फ्लुएञ्जा बी’ प्रकोप देखिएको थियो । त्यसलगत्तै उक्त क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटिएर स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण गरेको थियो ।

साबुन पानीले हात धुने, भीडबाट टाढा बस्ने खोक्दा÷हाछ्युँ मुख छोप्नेलगायत आवश्यक स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्यकहरुर्मीले आग्रह गरेका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार