रौतहट, फागुन २२ :

पूर्वपत्रकार ऋषि धमला रौतहट-४ मा निकै पछाडि परेका छन् ।  आम जनता पार्टीका उम्मेदवार धमलाले अहिलेसम्म रौतहट-४ मा धमलाले १० मत मात्र पाएका छन् ।

रौतहट-४ मा रास्वपाका गणेश पौडेल २ हजार २ सय ५ मतसहित अग्रस्थानमा रहेका छन् । त्यस्तै कांग्रेसका देवप्रसाद तिमल्सेना ६ सय ९२ मतसहित दोस्रो स्थानमा रहँदा नेकपाका रामकुमार भट्टराई ६ सय ३६ मतसहित तेस्रो स्थामा रहेका छन् ।