काठमाडौं, फागुन २२ :

देशभरको जारी मतगणना हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर देखिएको छ । १२३ क्षेत्रको पछिल्लो मतगणना अुनसार रास्वपा १०१ स्थानमा अग्रता लिएको छ । नेपाली कांग्रेस ११, नेकपा एमाले ११, नेपाली कम्युनिस्ट पार्टी ९ मा स्थानमा अगाडि रहँदा राप्रपा १ स्थानमा अग्रता लिएको छ ।

रास्वपामा रञ्जु दर्शनाले पहिलो खाता खोलिएकी छन् भने मुस्ताङ–१  योगेश गौचन थकालीले कांग्रेसबाट जितको खाता खोलेका छन् । जारी मतगणनामा कांग्रेस, एमाले र नेकपाका प्रभावशाली नेताहरू निकै पछाडि परेका छन् ।

झापा–५ पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओली रास्वपाका वरिष्ठ नेता बालेन शाह भन्दा धेरै मतान्तरले पछाडि छन् । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायमै राखेका छन् ।

नेकपाका सहसंयोजक माधवकुमार नेपाल पनि निकै पछि परेका छन् । सर्लाही–४ मा कांग्रेसका सभापति गगनकुमार थापा भन्दा रास्वपाका डा. अमरेश कुमार सिंह झिनो मतले अगाडि छन् । एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल  तेस्रो स्थानमा छन् । रुपन्देही–२ मा पूर्वअर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल धेरै मतान्तरले पछाडि रहेका छन् ।

यस्तै मोरङ–४ मा कांग्रेसका महामन्त्री गुरुराज घिमिरे पछाडि परेका छन् ।  सुदूरपश्चिमको अछाम–१ मा नेकपाका डा. भीम रावलले अग्रता लिइरहेका छन् । भक्तपुर–२ मा एमालेका सचिव महेश बस्नेत फराकिलो मतान्तरले पछाडि छन् ।