नुवाकोट, फागुन २२ :

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा विक्रम तिमिल्सिनाले अग्रता लिएका छन् ।

सहायक निर्वाचन अधिकृत प्रमोद रिजालका अनुसार अहिलेसम्मको गणनामा रास्वपाका तिमिल्सिनाले ५७९ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार बद्री मैनालीले ५१५ मत ल्याएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डा प्रकाशशरण महतको ३८२ मत रहेको छ ।

यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार हितबहादुर तामाङले ३३६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा आज मध्याह्न १२ बजेदेखि ककनी गाउँपालिकाबाट मत गणना थालिएको हो ।

नुवाकोट-२ मा रास्वपाका अचुत्तम लामिछानेको अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अचुत्तम लामिछानेले अग्रता कायम राखेका छन् । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यको अनुसार हालसम्मको मत गणनामा रास्वपाका लामिछानेले तीन हजार ९६५ मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार जगदीश्वरनरसिंह केसीले दुई हजार ६६ मत र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार केशवराज पाण्डे एक हजार ८९३ मत ल्याएका छन् ।
 
यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार हिरानाथ खतिवडाले एक हजार ५७३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत आचार्यले जानकारी दिए । आज बिहान ८ बजेदेखि थालिएको मतगणनाअन्तर्गत अहिलेसम्म बेलकोटगढी नगरपालिका-१, २, ३, ४, ६, १२ र १३ वडाको मत गणना सम्पन्न भएको छ ।