काठमाडौं, फागुन २२ :

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अग्रता कायम गरेको छ ।

हालसम्म रास्वपाका उम्मेदवार ८९ स्थानमा, नेपाली कांग्रेस ९ र नेकपा (एमाले) का उम्मेदवार १३ स्थानमा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार १० स्थानमा अगाडि छन् । एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

हालसम्म ३२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । 

स्वतन्त्र उम्मेदवार

म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् ।

वाग्मती प्रदेश (काठमाण्डौं)

रास्वपाका रञ्जु दर्शना १५ हजार ४ सय ५५ मतसहित काठमाडौं क्षेत्र नं १ बाट विजयी भएकी छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी निर्वाचित भएका छन् ।

यसैगरी काठमाडौँ क्षेत्र नं. ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् ।उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम निर्वाचित भएका छन् ।

काठमाडौँ–५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल विजयी भएका छन् । 

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार काठमाण्डौं क्षेत्र नम्बर ६ बाट शिशिर खनाल विजयी भएका छन्। शुक्रबारको अन्तिम मतपरिणाम अनुसार ४३ हजार ८६३ मत गणना हुँदा खनालले २७ हजार ७१९ मत प्राप्त गरेका छन्।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सबुज बनियाले ६ हजार ६४७ मत प्राप्त गरेका छन् ।

काठमाडौँ क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुली निर्वाचित भएका छन् ।  निर्वाचन आयोगका अनुसार पराजुलीले २७ हजार आठ सय पाँच मत प्राप्त गरेका छन् । 

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठ सानदार मतका साथ विजयी भएका छन्।मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गर्दै सानदार जित दर्ता गराए। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २१ हजारभन्दा बढीको विशाल मतान्तरले पछाडि पारेका छन्।

काठमाडौँ  ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डिपि अर्याल ) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रदीप विष्ट विजयी भएका छन् ।

भक्तपुर

भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई पाँच हजार २८९ मतले पछाडि पारी रास्वपाका रुकेश रन्जित विजयी भएका छन् ।

गण्डकी प्रदेश
मनाङ

प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् ।

मुस्ताङ

यसैगरी कांग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित मुस्ताङबाट विजयी भएका छन्।

कास्की

कास्की क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मत प्राप्त गर्दै विजयी बनेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले जम्मा ७ हजार ४९३ मत मात्रै पाएका छन् ।

गण्डकी प्रदेशबाटै प्रतिनिधिसभा सदस्यमा एकमात्र महिला उम्मेदवार वीना गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएकी छन् ।समाजसेवा र व्यवसायबाट राजनीतिमा लागेकी वीना कास्की निर्वाचन क्षेत्र नं ३ बाट लोकप्रिय मतसहित निर्वाचित भएकी हुन्। 

स्याङजा

स्याङ्जा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा धनञ्जय रेग्मी विजयी भएका छन् ।

पर्वत

पर्वतमा रास्वपाका उम्मेदवार सागर भुसाल २६ हजार ५६१ मत प्राप्त गरी विजयी भएका छन् ।
 

चितवन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा सानदार जित हासिल गर्दै ह्याट्रिक गरेका छन्।

रसुवा

क्षेत्र नं १ मा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् । उनले १० हजार ६५६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटमतम प्रतिद्वन्दी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरे।

लुम्बिनि प्रदेश

रुकुमपुर्व

यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित विजयी भएका हुन् ।

बाँके

बाँके १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेशकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक राई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

बाँके ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी भएका छन् । उनले २९ हजार ५५१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले १९ हजार ६१५ मत पाएका छन् ।रुपन्देही–४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाँले २८ हजार ६६ मतसहित निर्वाचित भएका छन् ।

 

कर्णाली

कालीकोट
कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी भएका छन् ।

दैलेख

दैलेख-१ मा कांग्रेसकी ४५ वर्षीया महिला नेतृ बासना थापा विजयी भएकी छन् ।


मधेश प्रदेश

धनुषा

धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा विजयी भएका छन् ।

महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो विजयी भएका छन् ।

पर्सा

पर्सा क्षेत्र नम्बर-१ बाट रास्वपाका उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि पन्त) विजयी भएका छन् । रास्वपा उम्मेदवार पन्तले एमालेका प्रदीप यादवलाई १४ हजार भन्दा बढी मतले पछि पार्दै विजयी भएका हुन । 
 

मोरङ

राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

मोरङ क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य निर्वाचित भएकी छन् ।

सुदुरपश्चिम

बझाङमा एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।