शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
समाचार राजनीति प्रदेश कर्णाली प्रदेश

दैलेख-१ मा कांग्रेसकी बासना थापा विजयी

· शनिबार, २३ फागुन, २०८२ मा प्रकाशित
दैलेख-१ मा कांग्रेसकी बासना थापा विजयी
दैलेख, फागुन २३ :

दैलेख-१ मा कांग्रेसकी ४५ वर्षीया महिला नेतृ बासना थापा विजयी भएकी छन् ।

शुक्रबार राति सम्पन्न मतगणनाअनुसार निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रवीन्द्रराज शर्मालाई उनले ५ सय ७६ मतान्तरले पराजित गरिन् ।

बासनाले १२ हजार ३ सय ७२ मत प्राप्त गर्दा शर्माले ११ हजार ७ सय ९६ मत पाए । यस्तै, तेस्रो स्थानमा रहेका रास्वपाका नन्दकिशोर बस्नेतले ७ हजार ८ सय ९४ मत ल्याए भने नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापाले जम्मा ४ हजार १ सय ९ मत मात्रै पाए ।

तीन पूर्वसहकर्मी आमनेसामने हुँदा बासनालाई फाइदा भयो ।

पुराना र अनुभवी नेताहरू रवीन्द्रराज शर्मा र अम्मरबहादुर थापासँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले बासनाका लागि यो चुनाव निकै चुनौतीपूर्ण थियो ।

त्यस्तै, रास्वपाबाट उम्मेदवार बनेका बस्नेतसहित यी तीनै जना नेता कुनै बेला एमालेभित्रका सहकर्मी थिए । अहिले फरक-फरक पार्टीबाट चुनावी मैदानमा उत्रिँदा एमालेको मत विभाजित भयो, जसको प्रत्यक्ष फाइदा कांग्रेसकी बासनालाई पुग्यो ।

दैलेख सदरमुकाममा रहेको होटेल पार्किङकी सञ्चालक बासना २०७४ सालमा नारायण नगरपालिकाको उपप्रमुखमा चुनाव लडेकी थिइन्, तर झिनो मतले पराजित भइन् ।

नेविसंघको राजनीतिबाट उदाएकी उनी काठमाडौँमै जन्मेर हुर्केकी हुन् । नेपाली सिने जगत्‌की लोकप्रिय नायिका विपना थापाकी बहिनी उनी विवाहपश्चात् दैलेख आएकी हुन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार