नुवाकोट, फागुन २३ :

नुवाकोट क्षेत्र नम्बर २ मा रास्वपाका अच्युतम लामिछाने विजयी भएका छन् । लामिछानेले ३२ हजार ५४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जगदिश्‍वर नरसिंह केसीले १५ हजार ५ सय ३ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका केशव पाण्डेले ८ हजार २ सय ८५ मत प्राप्त गरेका छन् ।