बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
समाचार अर्थतन्त्र

नेपाल र बङ्गलादेश सहसचिवस्तरीय बैठक: ऊर्जा लगायत विविध विषयमा छलफल 

· बुधबार, १७ असोज, २०८१ मा प्रकाशित
नेपाल र बङ्गलादेश सहसचिवस्तरीय बैठक: ऊर्जा लगायत विविध विषयमा छलफल 
काठमाण्डौँ , असोज १७ :

नेपाल र बङ्गलादेशबीचको ऊर्जा व्यापारका सम्बन्धमा छलफल गर्न दुई देशबीचका सहसचिवस्तरीय बैठक सम्पन्न भएको छ ।

नेपाल र बङ्गलादेशबीच ऊर्जा व्यापार र विद्युत्सँग सम्बन्धित  विषयमा छलफल गर्नका लागि सन् २०१८ मा स्थापना भएको संयुक्त कार्यदलको संयन्त्रको छैटौँ बैठक मङ्गलबार काठमाडौँमा सम्पन्न भएको हो ।

बैठकमा यही असोज १७ गते नेपाल- भारत- बङ्गलादेशबीच हुन लागेको त्रिपक्षीय ऊर्जा सम्झौता, नेपाल र बङ्गलादेशबीचको ऊर्जा विकासका सम्भावनाका विविध विषयमा छलफल भएको कार्यदलका संयोजक एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चीरञ्जीवी चटौतले जानकारी दिनुभयो ।

नेपाल र बङ्गलादेशका सहसचिवले नेतृत्व गर्ने संयुक्त कार्यदल (जेडब्लुजी) ले गरेको निर्णयबारेमा बुधबार सचिवले नेतृत्व गर्ने संयुक्त निर्देशक समिति (जेएससी) को बैठकमा पेस गरिनेछ ।

नेपाल, भारत र बङ्गलादेशबीच यही असोज १७ गते त्रिपक्षीय ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । बङ्गलादेशले पहिलोपटक भारतीय प्रसारण लाइनको प्रयोग गरी नेपालमा उत्पादित विद्युत् आफ्नो देश लैजान लागेको हो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार