सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

भदौ २३ र २४ को जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो

प्रतिवेदनमा उल्लेख भएको विषय भने बाहिर आइसकेको छैन ।
सक्रिय न्युज · आइतबार, २४ फागुन, २०८२ मा प्रकाशित
भदौ २३ र २४ को जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो
काठमाडौं, फागुन २४ :

जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले आज जाँचबुझ प्रतिवेदन बुझाएको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा उल्लेख भएको विषय भने  बाहिर आइसकेको छैन ।

असोज ५ मा सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न आयोग गठन गरेको थियो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य रहेका  छन् ।

आयोगले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा युवाहरूको ज्यान जाने गरी भएको घटनाबारे १५० जना भन्दा धेरै सरकारी अधिकारीहरू र आन्दोलनका प्रत्यक्षदर्शीहरुसँग बयान लिएको थियो ।

जेनजी आन्दोलन हुँदा केपी शर्मा ओलीको नेतृत्वमा सरकार थियो भने  गृह मन्त्री रमेश लेखक,गृह सचिव गोकर्णमणि दुवाडी,आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौँका प्रजिअ छविलाल रिजाल थिए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार