
भोजपुर, फागुन २४ :
भोजपुर - १ माश्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई विजयी भएका छन् । उनले १६ हजार ६६३ मत प्राप्त गरी विजयी भएका हुन् । उनले नेकपा एमालेका शेरधन राईलाई १ हजार ९ सय १३ मतान्तरले पछि पारे । राईले १४ हजार ७ सय ५० मत ल्याएका छन् । योसँगै सो पार्टीले प्रत्यक्षतर्फ ३ सिटमा विजयी भएको छ ।