काठमाडौ, फागुन २५ :

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी छ ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालसम्म ८२ लाख ९९ हजार ६५० मत गणना गरिएको छ ।

पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ४० लाख ६ हजार ६९४ मत प्राप्त गरेको छ । यो मतसहित रास्वपा अग्रस्थानमा छ । यो कूल सदरमतको ४८.२८ प्रतिशत हो ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ लाख ४८ हजार ७९९ मत पाएको छ ।

काँग्रेसले १६.२५ प्रतिशत मत प्राप्त गरेको छ ।

तेस्रो स्थानमा रहेको नेकपा एमालेको ११ लाख ४२ हजार ३८१ मत छ जुन १३.७६ प्रतिशत हो ।

चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ७.०८ प्रतिशत मत पाएको छ जसअनुसार पार्टीको ५ लाख ८७ हजार २३० मत छ ।

श्रम संस्कृति पार्टीले ३.४९ प्रतिशत मत पाएको छ । पार्टीको २ लाख ८९ हजार ९६१ मत छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ७४ हजार ९९१ मत पाएको छ । यो कूल सदर मतको ३.३१ प्रतिशत हो