काठमाडौं, फागुन २५ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगपत्र फिर्ता लिने निर्णय निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

लामिछानेविरुद्ध दर्ता दुई गम्भीर मुद्दाको अभियोगपत्र फिर्ता लिने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले  रिट दायर गरेका थिए ।

महान्यायाधिवक्ता भण्डारीले लामिछाने लगायतको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।