शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
समाचार अर्थतन्त्र

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

अनावश्यक ग्यास सिलिन्डर होल्डिङ, बढी मूल्य लिइ बिक्री र नयाँ सिलिण्डरको बजारीकरण गरेमा कारबाही।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २७ फागुन, २०८२ मा प्रकाशित
ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
काठमाडौं, फागुन २७ :

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले आज विज्ञप्ति जारी गर्दै मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अरु सिलिन्डर नभर्न, अनावश्यक भण्डारण नगर्न र ग्यासको सट्टा बिजुलीको खपत बढाउन आग्रह गरेको हो ।

नेपाल पेट्रोलियम पदार्थमा पूर्ण रूपमा आयातमा परनिर्भर रहेको अवस्थामा यसको खपतमा केही सुरक्षात्मक प्रबन्ध गर्न जरुरी रहेको निगमले स्पष्ट पारेको छ । अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ गरेको पाइएमा, बढी मूल्य लिइ ग्यास तथा पेट्रोलियम पदार्थ बिक्री गरेमा, नयाँ सिलिण्डरको बजारीकरण गरेको पाइएमा कारबाही हुने निगमले जनाएको छ ।

निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “औद्योगिक प्रयोगमा पेट्रोलियम पदार्थ तथा ग्यासको खपत कम गर्ने, इन्धन तथा एलपी ग्यासको आयात र बिक्री वितरणको अवस्था नियमित भइरहेको एवं आगामी दिनमा पनि निरन्तर हुँदै जाने भए तापनि मध्यपूर्वमा देखिएको समस्याका कारण विश्वमा पर्ने प्रभावबाट नेपाल पनि अछुत हुन नसक्ने सम्भावनालाई दृष्टिगत गरी आवश्यक परिणाममा मात्र इन्धन तथा ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न अनुरोध छ ।”
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार