भक्तपुर, चैत १ :

प्रधानमन्त्री सुशीला कार्की पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरस्थित ओली निवास गुण्डु पुगेकी छिन्।

आइतबार श्रीमान् दुर्गा सुवेदीसहित ओली निवास पुगेर उनले ओलीका बुवा मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै ओली र उनको परिवारप्रति समवेदना व्यक्त गरेकी छिन्।

ओलीका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।  ओलीलाई समवेदना दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि गुण्डु पुगेकी छिन् ।