
खोटाङ्, चैत ४ :
काठमाडौंबाट शव बोकेर गएको एयर डाइनेष्टीको हेलिकोप्टर खोटाङमा दुर्घटना भएको छ । ‘नाइन एन-एएफक्यु’ होलिकोप्टर खोटाङको केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालबेसीस्थित बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको गाउँपालिका अध्यक्ष समिर राईले जानकारी दिए ।
बिहान करिब ११ः५५ बजे असन्तुलित भई दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
भुलका अनुसार दुर्घटनामा परी पाइलटसहित ६ जना सामान्य घाइते भएका छन् । घाइतेलाई अर्काे हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ ।