काठमाडौं, चैत ५ :

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई प्रमाणपत्र प्रदान गरिएको छ ।निर्वाचन आयोगमा आयोजित एक कार्यक्रममाबीच समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका ६ दलका सांसदहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

११० जना समानुपातिक सांसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार/चार जना छन् ।

यसैबीच, निर्वाचन आयोगले आजै निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउँदैछ । राष्ट्रपतिसमक्ष  प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान हुनेछ ।