
सुर्खेत, चैत ५ :
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सफलतापूर्ण सम्पन्न भएपछि कर्णाली प्रदेशको भ्रमणमा पुगेकी छन् ।
प्रधानमन्त्री कार्की निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद ज्ञापन गर्न कर्णाली प्रदेश पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।
उनले पुराना दलका नेताहरुलाई पनि बालुवाटारमा बोलाएर निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै धन्यवाद व्यक्त गरेकी छन् ।