सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#देउसी भैलो#ट्राफिक व्यवस्थापन#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#पिस कोर#विदेशी साथी#कर्ण शाक्य#जुवातास#तिहारको पटाका#उपत्यकाको वायु प्रदूषण बढ्यो#पटका पड्काउने क्रममा#आपूर्तिमन्त्री दीपककुमार साह#भारतीय राजदूत सुधाकर दलेला#एनपीएल#पोखरा एभेन्जर्सको पहिलो जित#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल #देउसी भैलो#ट्राफिक व्यवस्थापन#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#पिस कोर#विदेशी साथी#कर्ण शाक्य#जुवातास#तिहारको पटाका#उपत्यकाको वायु प्रदूषण बढ्यो#पटका पड्काउने क्रममा#आपूर्तिमन्त्री दीपककुमार साह#भारतीय राजदूत सुधाकर दलेला#एनपीएल#पोखरा एभेन्जर्सको पहिलो जित#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल
समाचार विदेश

लेबनानमा आठ इजरायली सैनिकको मृत्यु

· बुधबार, १७ असोज, २०८१ मा प्रकाशित
लेबनानमा आठ इजरायली सैनिकको मृत्यु
काठमाण्डौं, असोज १७ :

इरानले मंगलबार इजरायलमाथि अहिलेसम्मकै ठूलो आक्रमण गरेपछि इजरायली सेना र इरान समर्थित हिजबुल्लाह लडाकुहरु दक्षिणी लेबनानको जमिनमा लडिरहेका छन् ।

इजरायली सेनाले बुधबार भएको भिडन्तमा आठ सैनिकको मृत्यु भएको जनाएको छ ।

इरानले एक ब्यारेजमा लगभग २ सय ब्यालेस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको थियो जुन अमेरिका र उसका सहयोगीहरूको सहयोगमा इजरायलले प्रतिरक्षा गरेको थियो ।

इरानले हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र हमासका राजनीतिक नेता इस्माइल हनियाहको हत्याको जवाफमा उक्त आक्रमण भएको जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानले "ठूलो गल्ती" गरेको र यसको मुल्य चुकाउनुपर्ने बताएको थियो । इरानका सैन्य प्रमुखले इजरायलले जवाफ दिए व्यापक आक्रमण गर्ने चेतावनी दिएका छन् ।

लेबनानमा इजरायली हवाई आक्रमणमा सयौं मानिसको मृत्यु हुनुका साथै करिब १० लाख बासिन्दा विस्थापित भएका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार