
फाइल तस्बिर ।
काठमाडौं, चैत ६ :
कान्तिलोक पथ सडक खण्डको गंगटेमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। शुक्रबार दिउँसो परेको वर्षाले सडक माथिबाट पहिर खस्दा साँझ ५ बजेदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।
स्थानीय तह र डिभिजन सडक कार्यालयको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ । सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् ।