शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

सिट संख्याका आधारमा संसदीय दलको कार्यालय व्यवस्थापन

नेकपाले प्रयोग गर्दै आएको दलको कार्यालय रास्वपालाई
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ९ चैत, २०८२ मा प्रकाशित
सिट संख्याका आधारमा संसदीय दलको कार्यालय व्यवस्थापन
काठमाडौं, चैत ९ :

संघीय संसद सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुका लागि सिट संख्याका आधारमा  संसदीय कार्यालय व्यवस्थापन गरेको छ । सिंहदरबारमा नयाँ संसद निर्माणको कार्य सम्पन्न नभएकाले हालकै संसद सचिवालय परिसरमा रहेको संरचनामा नै दलको कार्यालय व्यवस्थापन गरिएको हो ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सिट संख्या फेरबदल भएसंगै त्यहि अनुसार दलको कार्यालय व्यवस्था गरिएको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए । संसद सचिवालयले कांग्रेस र एमालेलाई साबिककै संसदीय दलको कार्यालयमा व्यवस्थापन गरेको छ भने यसअघि नेकपाले प्रयोग गर्दै आएको दलको कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई उपलव्ध गराइएको छ । त्यस्तै यसअघि रास्वपाले प्रयोग गर्दै आएको कार्यालयमा नेकपा, श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई व्यवस्थापन गरिएको प्रवक्ता गिरीले बताए ।

उनले अहिले अल्पकालीन व्यवस्थापन गरिएको नयाँ भवन निर्माण सम्पन्न भएपछि त्यहिबाट संसद र संसदीय गतिविधि हुने जानकारी दिए । प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यहरुको पद तथा गोपनियताको सपथ भने नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा हुने संसद् सचिवालयले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार