बाजुरा, असोज १८ :
जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आउनुभएकी एक किशोरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
जिल्लाको पूर्वउत्तर भेगको बूढीनन्दा नगरपालिका- ९ की १५ वर्षीया सितारा नेपालीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलका अनुसार गर्भवतीको स्वास्थ्यस्थिति जटिल भएपछि जिल्ला अस्पतालले उहाँलाई सुविधासम्पन्न अस्पतालमा लैजान ‘रेफर’ गरेपछि कार्यालयको पहलमा महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उहाँको उद्धार गरिएको हो ।
हाडनाताकरणीको अभियोगमा किशोरीका मामालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।