
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन पूर्वाग्रही भएको जनाउँदै अस्वीकार्य गरेका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र नेतृत्वप्रति पहिले नै धारणमा बनाइसकेका व्यक्ति आयोगका सदस्य भएकाले उनीहरुले गर्ने अनुसन्धान प्रतिवेदन यस्तो आउँछ भन्ने पहिले नै स्पष्ट भइसकेको बताए ।
बुधबार विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएको आयोगको प्रतिवेदनमा तत्कालीन सरकार प्रमुख रहेका ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्व आईजीपी कुवेर खापुङलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरिएको छ । गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सरकारले भने ओपचारिक रुपमा सार्वजनिक गरेको छैन ।
यस्तै, अध्यक्ष ओलीले पार्टीका विचार मात्रै संसद्मा बोल्न निर्देशन दिए । यसका लागि पार्टी एकताबद्ध र एक ढिक्का भएर अघि बढ्नुपर्ने उनले बताए ।
ओलीले निर्वाचनको परिणाम जादुमय देखिएको टिप्पणी समेत गरे ।
घृणाको राजनीति गर्नेहरूलाई धेरैतिरको सहयोग भएको र निर्वाचनमा एमाले र एमालेको गन्तव्य विरोधीले गलत प्रचार गरेको उनले बताए ।