काठमाडौं, चैत १२ :

गोकर्णेश्वर नगरपालिका वडा नं. ४ ले स्थानीय जात्रा सञ्चालनका सम्बन्धमा हुने छलफलमा सहभागी हुन आह्वान गरेको छ। 

वडाअध्यक्ष जयराम महतले एक सूचना जारी गर्दै  वडा भित्र रहेका विभिन्न संघ–संस्था, समूह, क्लब, खलः, गुठी तथा स्थानीय जात्रासँग सम्बन्धित सरोकारवाला व्यक्तिहरूलाई सहभागिता जनाउन आह्वान गरेका छन्। साथै सम्बन्धित सबै पक्षलाई समयमै उपस्थित हुन् आग्रह गरिएको छ।

जारी सूचना अनुसार २०८२ चैत १६ गते सोमबार बिहान ७:३० बजे वडाको सभा हलमा छलफल हुनेछ। सो अवसरमा स्थानीय सांस्कृतिक परम्परा तथा जात्रा व्यवस्थापनका विषयमा आवश्यक निर्णय र समन्वय गरिने जनाइएको छ। गोकर्णेश्वर नगरपालिकाले “सांस्कृतिक धरोहर सहितको समृद्ध शहर” निर्माण गर्ने लक्ष्यसहित यस्ता गतिविधिलाई प्राथमिकतामा दिँदै आएको छ ।