शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
समाचार

‘अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने काम भए महासंघ चुप लागेर बस्दैन’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १६ चैत, २०८२ मा प्रकाशित
‘अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने काम भए महासंघ चुप लागेर बस्दैन’
काठमाडौं, चैत १६ :

नेपाल पत्रकार महासंघले ७१ औं स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । स्थापना दिवसका अवसरमा महासंघले काठमाडौंको सिनामंगल पिपलबोटदेखि सञ्चारग्रामसम्म प्रभातफेरीको आयोजना गरेको थियो ।

प्रभातफेरीपछि सञ्चारग्राममा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा महासंघकी अध्यक्ष निर्मला शर्माले महासंघलाई प्रभावकारी रुपमा अघि बढाउने बताइन् । उनले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने काम भएमा महासंघ सशक्त रूपमा उभिने धारणा राखिन्। अहिले करिब दुई तिहाई नजिकको सरकार बनेको अवस्थामा प्रतिशोधपूर्ण तरिकाले कुनै पनि गतिविधि नगर्न उनले आग्रह समेत गरिन् ।

उनले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने काम भए कुनै हालतमा चुप लागेर नबस्ने स्पष्ट पारिन् । वि.सं. २०१२ चैत १६ गते नेपाल पत्रकार संघ गठन भएको थियो । वि.सं. २०५३ जेठ २९ मा संघलाई महासंघमा रुपान्तरण गरिएको हो । महासंघले चैत १६ गतेलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार